दफा ७
वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने
(१) दफा ३ बमोजिम कुनै प्रस्ताव कार्यान्वयन गर्ने सन्दर्भमा तयार गरिएको वातावरणीय अध्ययन प्रतिवेदन प्राप्त भएमा सम्बन्धित निकायले सो उपर आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझ गरी राय सुझाव दिनको लागि सम्बन्धित निकायले सो निकायको प्रतिनिधि, प्रस्तावसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा आवश्यकता अनुसार विषय विज्ञ समेत रहेको समिति गठन गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावको सम्बन्धमा थप वातावरणीय अध्ययन गर्नु पर्ने देखिएमा सम्बन्धित निकायले प्रस्तावकलाई संक्षिप्त वातावरणीय अध्ययनको हकमा प्रारम्भिक वातावरणीय परीक्षण वा प्रारम्भिक वातावरणीय परीक्षणको हकमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गराउन आदेश दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम दिइएको आदेश बमोजिम प्रस्तावकले थप अध्ययन गरी सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ।
(५) यस दफा बमोजिम जाँचबुझ गर्दा त्यस्तो प्रस्ताव कार्यान्वयनबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने नदेखिएमा सम्बन्धित निकायले आवश्यकता अनुसार प्रस्तावकले पालना गर्नु पर्ने शर्त तोकी त्यस्तो वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नेछ।
(६) वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।